नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। योसँगै बाँकेमा कारोनाबाट १२ जनाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।
स्वाथ्यमा समस्या आएपछि उहाँ असोज ६ गते अस्पतालमा भर्ना हुनुभएको थियो । ७ गते कोरोना संक्रमण पुष्टि भएको उहाँको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार निमोनिया र उच्च रक्तचापको समस्या पनि रहेको थियो। बाँकेमा कोरोना मृत्यु दर ०.६९ प्रतिशत रहेको छ ।