नेपालगन्ज उद्योग वाणिज्य संघ : भण्डारी र पौडेललाई स्वागत

  ।   २०७७ मंसिर २८, आईतवार २१:०१

योगेश पाण्डे

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज भन्सार कार्यालय प्रमुख जय बहादुर भण्डारी र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शरद चन्द्र पौडेलसंग आईतवार परिचायत्मक भेटघाट एवं स्वागत कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा भन्सार एवं करका समस्या समाधानका समसामयिक विषयमा छलफल भएको थियो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीका नेताहरुले कर एवं भन्सारसंग सम्बन्धित कामकाजलाई सरल र सहज बनाउन आग्रह गर्नुभएको छ ।

उनीहरुले कर एवं भन्सारसंग सम्बन्धित हरेक समस्या समाधान गर्न निजीक्षेत्रले सरकारलाई सहयोग गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको थियो ।

Next Post

राप्तीसोनारी वडा नं. ८ बालापुरमा होम स्टे सँचालन

२०७७ मंसिर २८, आईतवार २१:०१
राप्तीसोनारी (बाँके) । राप्तीसोनारी वडा नं. ८ बालापुरमा बालापुर सामुदायिक होम स्टेको उद्धघाटन भएको छ । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले आइतबार एक औपचारिक कार्यक्रम मार्फत उद्घघाटन गरेपछी होम स्टे औपचारिक रुपले सुरुवात भएकोछ । राप्तीको रुकुम जिल्लाका अधिकाँस मानिसहरुको बसोवास रहेको बालापुर गाँउ […]

सम्बन्धित शीर्षक