बाँकेका अस्पतालमा कोभिड बिरामीका लागी छुट्टाईएका बेड खाली

केही अस्पतालमा भर्ना लिन बन्द

  ।   २०७८ असार २४, बिहीबार १८:०२

संवाददाता ।
बाँकेका अस्पतालमा कोभिड बिरामीका लागी छुट्टाईएका जम्मा २ सय १६ वटा बेड मध्ये आज दिउँसो साढे ४ बजेमा १ सय ६९ बेड खाली देखिएका छन ।

अहिले ३२ जना कोभिडका बिरामी छन । जसमध्ये बाँके जिल्लाका ५ जना र बाहिरी जिल्लाका २७ जना रहेका छन । कोभिडका लागी भन्दै भेरी अस्पताल २ सय बेड, वेस्टन अस्पतालमा १६ बेड सर्जिकल भनी छुट्टाईएको छ ।

कोभिड अस्पताल भर्ना भएको बिरामी मध्ये बाँकेका भर्ना बिरामी १६ प्रतिशत, बाहिरी जिल्लाका बिरामी ८४ प्रतिशत रहेका छन । २४ घन्टा भित्र १३१ जनाको पीसीआर जाँच गर्दा १५ जनामा संक्रमण देखिएको छ ।

जसमध्ये बाँके जिल्लामा ५ जना नयाँ कोभिड संक्रमित थपिएका छन ।

Next Post

चीनबाट ८ लाख मात्रा खोप नेपाल ल्याइयो

२०७८ असार २४, बिहीबार १८:०२
काठमाण्डौ । नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज बिहान भेरोसेल खोप ल्याएको हो। खोप लिनको लागि निगमको जहाज हिजो चीन गएको थियो । आज ८ लाख डोज खोप आइपुगेको र अब निरन्तर खोप आउने स्वास्थ्य सेवा […]