नेपालगंजमा केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीलाई स्वागत

  ।   २०७७ पुष २, बिहीबार १८:१८

संवाददाता, नेपालगंज
बाँकेमा आज नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीलाई स्वागत गरेको छ ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको एक समारोहका बीच केन्द्रिय सदस्य अधिकारीलाई औपचारिक रुपमा स्वागत गरिएको हो ।

अधिकारीलाई स्वागत गर्दै संघका अध्यक्ष मन्सुरीले व्यवसायिक हितका मुद्दामा आफुहरु सदैव एकसाथ रहने बताउनुभयो । कार्यक्रममा बोल्दै व्यवसायीहरुले व्यवसायिक हकहितका लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

केन्द्रीय सदस्य अधिकारीले भने समग्र बाँके जिल्लाको व्यवसायिक क्षेत्रको विकासका लागि पैरवी गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनबाट केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएका अधिकारी कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुनुहुन्छ ।

Next Post

टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरी, लक्ष्मण थारुसहित आठ जनालाई जन्मकैद

२०७७ पुष २, बिहीबार १८:१८
धनगढी । टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाईदिएको छ। उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत दीपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ। कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरु […]