टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरी, लक्ष्मण थारुसहित आठ जनालाई जन्मकैद

  ।   २०७७ पुष ३, शुक्रबार ०८:५१

धनगढी । टीकापुर घटनाको मुद्धाबारे उच्च अदालत दीपायलले कैलाली जिल्ला अदालतले गरेको फैसलालाई उल्टाईदिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले बिहीबार सो घटना सम्बन्धी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत दीपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

कैलाली जिल्ला अदालतबाट सफाई पाएका र कम सजाय तोकिएकाहरु समेत दोषी ठहर गर्दै उच्च अदालत दिपायलले उनीहरुलाई दोषी ठहर गर्दै कैद सजाय थप गरेको छ। यसरी कैद सजाय थप गरिएकाहरुमा कैलाली जिल्ला अदालतको फैसला अनुसार कैद भुक्तान गरेकाहरु पनि छन्।

अदालतले जन्म कैद तोकेको ११ जनामध्ये कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्बाचित सांसद रेशम चौधरीसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको छ।

त्यसबाहेक दुई वर्षअघि कैलाली जिल्ला अदालतले तीन वर्षको कैद सुनाएका थारु अगुवा लक्ष्मण थारुलाई पनि उच्च अदालत दीपायलले जन्मकैदको सजाय तोकेको छ।

उच्च अदालतले प्रतिनिधि सभा सदस्य रेशम चौधरी, हरीनारायण चौधरी, प्रदीप चौधरी, बिर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंंगाराम चौधरी र लक्ष्मण चौधरीलाई जन्मकैदको सजाय सुनाएको प्रवक्ता राजेन्द्र लुईटेलले जानकारी दिए। जन्मकैद सुनाईएका लक्ष्मण थारुलाई यसअघि कैलाली जिल्ला अदालतले तीन वर्षको सजाय सुनाएको थियो। सोही फैसला अनुसार तीन वर्ष कैद भुक्तान गरेपछि लक्ष्मण थारु कारागार मुक्त भएका थिए। – Imagekhabar

Next Post

आप्रवासीको अधिकारका लागी समन्वय सहकार्यमा जोड्

२०७७ पुष ३, शुक्रबार ०८:५१
संवाददाता, नेपालगंज । आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्षको डिसेम्बर १८ को दिनलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने गरेको छ । आप्रवासीहरुमाथि हुने विभेदलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघबाट सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका पारिवारका सदस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित भएको थियो । […]