तनहुँ दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

  ।   २०८१ भाद्र ७, शुक्रबार १५:३९

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दुःख व्यक्त गर्दै भन्नुभएको छ– ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरुको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’

मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह पनि गर्नुभएको छ ।

Next Post

प्लान इन्टरनेशनल नेपाल र गुलरिया नगरपालिकाबिच अन्तरक्रिया र छलफल

२०८१ भाद्र ७, शुक्रबार १५:३९
नेपालगन्ज। प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा अन्तरक्रिया र छलफल गरेको छ । प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक […]