विद्युत अनियमितताबारे कांग्रेस बाँकेको चासो

  ।   २०८१ जेष्ठ ७, सोमबार २१:२४

नेपालगन्ज, । नेपाली कांग्रेस बाँकेले विद्युत अनियमितताबारे चासो व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सभापति नारायण प्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती निकालेर बढ्दो गर्मीमा विद्युत प्रवाहलाई नियमित बनाई आमनागरिकको दिनचर्यालाई सहज बनाउन गम्भीर ध्यानार्षण गराउँदै समस्या समाधानका लागि अग्रसर हुन अपिल गर्नु भएको छ ।

“नेपालगञ्जको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ । दिनदिनै बढिरहेको गर्मी र तातो हावाको लहर ‘लु’ बाट सर्वसाधारण प्रभावित भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरदेखि आमनागरिक गर्मीको मारमा छन् ।

गर्मी सहरको पहिचान बनाएको नेपालगञ्जमा विद्युत अनियमितताको समस्या भने बर्षौदेखि हल हुन सकेको छैन,” विज्ञप्तीमा भनिएको छ-“गर्मीका बेला अपरिहार्य हुने विजुली झन अनियमित हुँदा नागरिक प्रताडित छन् । यति विध्न गर्मीमा विना जानकारी पटक-पटक विद्युत काट्ने, लोडसेडिंग विनै पनि लामो समयसम्म विजुली प्रवाह नहुने, २५ प्रतिशत मात्रै उद्योग सञ्चालनमा रहेको अवस्थामा पनि विद्युत भारको कारण देखाउँदै पटक-पटक बत्ती काटिँदा नागरिकलाई असह्य भएको छ । यस विषयमा नेपाली कांग्रेस बाँके नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदछ ।”

विद्युत प्रयोगकर्ताहरुले पटक-पटक विद्युत अबरुद्ध हुनुको कारणबारे सोधपुछ गर्दा पनि झर्किने, सही सूचना नदिने तथा जिम्मेवारीबाट पन्छिने प्रबृत्ति रहेको भन्ने जनगुनासोलाई पनि ध्यानमा राखी सेवा प्रवाह गर्ने निकायले नागरिकमैत्री र भरपर्दो सेवा दिनुपर्नेमा कांग्रेसको जोड छ ।

गर्मी बढेसंगै नेपालगन्जमा झ्याप-झ्याप बत्ती जाने, लो-भोल्टेज, अघोषित लोडसेडिङका कारण नागरिकले सास्ती भोगिरहेका छन् । विद्युत प्राधिकरणप्रति नागरिकले आक्रोश पोखिरहेका छन् ।

Next Post

प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

२०८१ जेष्ठ ७, सोमबार २१:२४
काठमाडौँ  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बाङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच विद्युत व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी चासोका विविध विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–बङ्गालादेशबीच हुने विद्युत व्यापार गर्नका लागि […]