काँग्रेस संसदीय दलको बैठक आज बस्दै

  ।   २०७८ श्रावण ३, आईतवार ०७:४९

काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

आज अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल बताइएको छ ।

Next Post

संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज

२०७८ श्रावण ३, आईतवार ०७:४९
संवाददाता । संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्नुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा बहुमत सदस्यले सवैधानिक निकायहरुमा नियुक्तिको निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउनुभएको थियो । अध्यादेश नल्याएको भए […]

सम्बन्धित समाचार