मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाईं कालो मोसो

  ।   २०८० आश्विन २२, सोमबार १८:०४

नेपालगन्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।

काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्धार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको बताउनु भयो। ‘उनीमाथि कालोमोसो दल्ने प्रयास भएको खबरपछि उद्धार गरेर प्रहरी वृत्त ल्याएका छौं,’ उहाँले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदैछ।’ प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने खुलेको छैन।

Next Post

कर्णाली प्रदेश सभाद्वारा निजामती कर्मचारी विधेयक सर्वसम्मत रुपमा पास

२०८० आश्विन २२, सोमबार १८:०४
नेपालगन्ज । कर्णाली प्रदेशसभाले निजामती कर्मचारी विधेयक सर्वसम्मत रूपले पारित गरेको छ । सोमवमर बसेको प्रदेशसभाको बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । बैठकमा सरकारका तर्फबाट आन्तरीक मामिला तथा कानुन मन्त्रालय कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभा नियमावली २०७९ […]