आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, विश्वभर ४१ लाख श्रमिक जबर्जस्ती जोखिमपूर्ण काम गर्न बाध्य

  ।   २०७७ मंसिर १७, बुधबार ०८:०५

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।

सन् १९४९ देखि यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार अहिले पनि संसारभर ४१ लाख श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम गर्न लगाइएको छ । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् । नेपालमा श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाले झण्डै ९४ वर्ष अगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो ।

नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढिरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन रहेको थियो।

अझै पनि मानव तस्करी गरेर अमानवीय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अंग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झल्को दिने काम भैरहेको छ । कमैयाप्रथा, हलिया, कमलरी या अन्य स्वरुपका चलनहरु एकप्रकारको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहीँकतै अझै पनि रहेको पाइन्छ । उज्यालो अनलाइन

Next Post

नेकपा सचिवालय बैठक आज पनि बस्ने, ओली सहभागी नहुने

२०७७ मंसिर १७, बुधबार ०८:०५
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बुझिएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उहाँले आजको बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको थियो । बैठकमा हिजोदेखि दुई […]

सम्बन्धित शीर्षक