संवाददाता, नरैनापुर।
बाँकेको नरैनापुर गाउँपालिका अन्र्तगत पर्ने सामुदायिक सरकारी विद्यालयमा अध्ययरत ६ सय छात्रालाई साइकल उपलब्ध गराईएको छ ।
छात्राहरुलाई शिक्षामा सहजै पहुँच पु¥याउन लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्रदेश सांसद कृष्णा केसी (नमुना) लगायतका ब्यक्तित्वहरुको उपस्थितीमा निशुल्क रुपमा साइकल दिईएको हो ।
बिहिबार साइकल पाएपछि नरैनापुरका स्कुले छात्राहरु खुसी भएका छन ।