२४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै ३६ हजार

  ।   २०७७ आश्विन २७, मंगलवार १७:०२

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन हजार पाँच सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७८ हजार सात सय ८० पुगेको छ ।

अब नेपालमा ३५ हजार नौ सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

डुडुवामा २९ जना कुष्ठरोगका विरामीलाई जुत्ता वितरण

२०७७ आश्विन २७, मंगलवार १७:०२
डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका विरामीहरुलाई जुत्ता वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाले आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अन्र्तगत रहेका २९ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो । जुत्ता वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको […]