बर्ड फ्लू : भाइरसको त्रास माझ भारतमा हजारौँ पन्छी मारिँदै

  ।   २०७७ पुष २२, बुधबार १९:२६

संवाददाता
भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ । विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए ।

भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ । सङ्घीय सरकारले ’उच्च सतर्कता’ जारी गर्दै फ्लू फैलिन नदिनका लागि ’आपत्कालीन उपायहरू’ अपनाउन भनेको छ ।

मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ । कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त सङ्कट देखा परेको हो ।

केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ । उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २ हजार ४ सय चराहरू खोया हाँसहरू मरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ ।

त्यस्तै केरला राज्यमा समेत १२ हजार हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६ हजार पन्छीहरू मारिएको छ । मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कौवाहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन ।

त्यहाँको इन्दोर सहरमा ५० वटा मरेका कौवाहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघाखोकी र ज्वरो आएका मानिसहरू छन् किन भनेर जाँच गरेका थिए ।

हरियाणा राज्यमा समेत हजारौँ पालिएका पन्छी मरे पनि त्यो बर्ड फ्लू नै भए र नभएको पुष्टि भएको छैन । उसका छिमेकी राज्य गुजरात र राजस्थानलाई समेत उच्च निगरानीमा राखिएको छ ।

बीबीसी नेपालीबाट

Next Post

‘संविधानले परिकल्पना गरेको समावेशी स्थानीय शासनको अवधारणा कार्यान्वयनमा आउन सकेन’

२०७७ पुष २२, बुधबार १९:२६
– प्रेम विश्वकर्मा, नेपालगंज ‘न कामको ठेगान हुन्छ, न मिल्ने जोडी । घर–परिवार समाजले अझै पनि राम्रो दृष्टिले हेर्दैनन् । मनका इच्छा दबाएरै बस्नुपर्र्नेे बाध्यता छ । जहाँबाट जे–जति कमाइ हुन्छ, फुर्माइस नगरी जीवन चलाउन खोज्छन् । नागरिकता लगायतका कागजपत्रको पहिचान एउटा, लवाइ–खुवाई, हिँडाई–बोलाई अर्को, छरिएर बसोबास, असंगठित भएकाले पनि […]