संवाददाता, साउदी अरेबिया ।
साउदी अरेबिया स्थित नेपाली राजदूताबास रियादले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय संचालन गर्न स्थगन गरेको छ ।
यसका लागि राजदूताबासले आज एक सूचना प्रकाशित गरि यसबारेमा जानकारी गराएको हो ।
५ र ६ फेब्रुअरीमा साउदी अरेबियाको शहर दमाममा अस्थायी कार्यालय सञ्चालन गर्ने भनिएको राहदानी आवेदन संकलन अस्थायी कार्यालय अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगन गरेको साउदी अरेबियास्थित राजदूताबासले जनाएको छ ।
साउदी सरकारले कोभिड–१९ संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणमा ल्याउनका लागि आज राती १० बजे देखि लागू हुनेगरी ३० दिनका लागि होटल, पार्टी प्यालेस, व्यागंक्वेट, रेस्टुरेन्ट र यस्तै किसिमका स्थानमा कुनै पनि कार्यक्रम गर्न बन्देज लगाएको छ ।
केही दिन यता साउदी अरेबियामा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको छ ।
बुधबार मात्रै पनि साउदी अरेबियामा कोरोना भाइरस सँग सम्बन्धित कारणले ३ जनाको ज्यान गएको थियो । ३ सय ६ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए । २ सय ९० जना कोरोना संक्रमित उपचारपछि निको भई फर्किएका छन ।
बुधबार सम्म साउदी अरेबियामा कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ९ सय ४५ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६० हजार ४ सय जना पुगेको छ ।
हालसम्म कोरोनाबाट ६ हजार ३ सय ८६ जनाको ज्यान गएको साउदी स्वास्थ्य मंत्रालयको तंथ्याक छ ।
साउदी अरेबियाबाट अरशद शेष राईको सहयोगमा…