नेपालगन्जका विभिन्न वडामा माओवादीको बैठक

  ।   २०८० भाद्र १३, बुधबार २२:३३

नेपालगन्ज । ´जनतासँग माओवादी` बिशेष रुपान्तरण अन्तर्गत बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा वडाको विस्तारित बैठक भयो । पार्टी र नेता रुपान्तरण सहितको मुद्धा लिएर जनताको माझमा जाने निर्णय गरेको माओवादी केन्द्र नेपालगन्जका विभिन्न वडाहरुमा पुगेको छ । आजै नगरका अन्य धेरै वडाहरुमा वडाका विस्तारित बैठक सम्पन्न भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको प्रमुख आतिथ्यतामा वडा नं १२ बेलासपुरको पिपल चौतारामा सो कार्यक्रम भएको हो । विगतमा गरेको गल्ती अब पार्टीले नगर्ने बताउदै प्रमुख अतिथि जेम्सले भदौ १६ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिस डाँडाबाट एकैपटक देशभरका वडामा विशेष रुपान्तरण अभियानको उद्घाटन गर्नुहुने अध्यक्ष जेम्सले बताउनुभयो ।

देशमा परिवर्तन गरेको र देशमा भ्रष्टाचारको अन्य, जातीय विभेदको अन्त, समाजमा परिवर्तन गर्न सक्ने अरु कुनै पार्टी नभएर माओवादी केन्द्र मात्र भएको बताउदै जेम्सले अहिले देशका पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म प्रत्येक वडा वडामा जनतासँग पार्टी भएको बताउदै देशलाई अस्थिरताबाट बचाउन सक्ने क्षमता माओवादी केन्द्रमा मात्र रहेको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का पार्टीका वडा अध्यक्ष तिरथ राम चिडिमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष रतन बहादुर शाही, नगर सदस्य अर्जुन कार्की, शिला श्रेष्ठ, मिना डाँगी, सूचना प्रविधि संयोजक दिपेन्द्र बिष्ट, नगर सदस्य पवन शर्मा, नेपाल जनसांस्कृतिक महासंघ बाँकेको अध्यक्ष गणेशा कार्की, त्यसैगरी यो ३ महिने अभियानमा वडा नं १२ को इन्चार्जको जिम्मेवारी पाउनु भएको नगर सदस्य तारा कुमारी रोकाय लगायत वडा बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।

Next Post

सूचना तथा प्रविधि मैत्री बन्दै माओवादी केन्द्र बाँके

२०८० भाद्र १३, बुधबार २२:३३
नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको सूचना तथा प्रविधि सम्बन्धि कार्य गर्ने विभाग आइसिटी फोरम (information and communication technology, forum) ले बिहिवार नेपालगन्जमा ‘सुचना तथा सञ्चार प्रविधि’ सम्बन्धि प्रशिक्षण दिएको छ । माओवादी केन्द्रसंग आवद्ध पत्रकार, विद्यार्थी, महिला, वाइसीएल तथा जिल्लाका ८१ वटै वडाका पार्टीका युवाहरु लगायत करीब एक सय […]