गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली हुने

  ।   २०७७ कार्तिक १६, आईतवार ०८:४४

काठमाण्डौ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अरु प्रदेशको मौसम भने सामान्यतया सफा रहनेछ । यस्तै भोलि वाग्मती प्रदेशबाहेक अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहने तर पर्सि देशभरि नै आंशिकदेखि सामान्य बद्ली भएर पहाडी क्षेत्रको एकरदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउन थालेकाले पर्सिलाई फाट्टफुट्ट पानी पर्ने संभावना देखिएको उहाँको भनाइ छ । तर ठूलो पानी भने कतै पनि पर्दैन ।

Next Post

नेपालमा एकैदिन ३ हजार ६२० जना डिस्चार्ज, २ हजार ८२४ कोरोना सङ्क्रमित थपिए

२०७७ कार्तिक १६, आईतवार ०८:४४
काठमाण्डौ । नेपालमा कोभिड–१९ ९कोरोना भाइरस० का सङ्क्रमितको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा १३ हजार २३ जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गएको […]