बाँकेको सिक्टा बाँध फुटेर राप्ती नदी शोनवर्षा गाँउमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा ओसार्दै प्रहरी

  ।   २०७९ आश्विन २१, शुक्रबार २२:००

           बाँके । मंगलबार रातिदेखि परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीले नरैनापुर वडा ६ शोनवर्षा, गंगापुर र कुदरबेटवा डुबानमा परेका छन् ।

राप्ती नदीमा पानीको सतह बढे पछि सिक्टाले शोनवर्षा नजिक बनाएको बाध शुक्रबार फुटे पछि शोनवर्षा लगायतका गाँउहरु डुवानमा परेका छन् । बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ शोनवर्षा, गंगापुर लगायतका गाँउ डुवानमा परेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक बिरबहादुर सुनार नेतृत्वको प्रहरी टोली शोनवर्षा पुगेर स्थानीहरुको सहयोगमा फुटेको बाधमा माटोपटान सुरु गरेको छ भने शोनवर्षाका स्थानीयहरुलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको प्रहरी निरिक्षक सुनारले जानकारी दिनु भयो ।

सिक्टाले बनाएको बाँध फुटे पछि पूरै मानव बस्ती जलमग्न भएको छ । राप्ती नदीमा पानीको सतह बढे पछि उक्त बाँध फुटेर मानव मस्तीमा पसेको हो । यता गाँउपाकिलका अध्यक्ष शाहले बाढी प्रभावित बस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी तटीय क्षेत्रका नागरिकहरुलाई सुरक्षित ठाँउ पठाउने तयारी गरिएको बताउदै मानवीय क्षति हुन नदिन आफू लागी परेको जिकिर गर्नु भयो । सिक्टाले बनाएको बाध फुटे पछि गाँउपालिका अध्यक्ष शाहको प्रत्यक्ष निगरानीमा बाँधमा माटो पटान भई रहेको स्थानीयहरुले बताएका छन् ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार थप वर्षा हुने पूर्वानुमान रहेकोल ठूला तथा साना नदीमा एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Next Post

अविरल वर्षाले नरैनापुरमा २०० घर पूर्ण क्षति, हजारौँ स्थानीय प्रभावित

२०७९ आश्विन २१, शुक्रबार २२:००
           बाँके । मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ । लगातारको वर्षाले […]

सम्बन्धित समाचार