सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल

  ।   २०८० माघ २०, शनिबार ११:५७

काठमाडौँ,  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताउनुभयो ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

Next Post

प्रदेश स्थापना दिवसको अवसरमा सभामुखद्वारा शुभकामना व्यक्त

२०८० माघ २०, शनिबार ११:५७
देउखुरी (दाङ) । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ । लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ लाई  प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाइएको छ । आज बिहान शुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले […]