कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघ्यो, २४ घण्टामा १६ जनाको ज्यान गएको पुष्टि

  ।   २०७७ आश्विन ५, सोमबार १७:५७

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नौ हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा एक हजार पाँच जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४७ हजार दुई सय ३८ पुगेको छ ।

अब नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

बाँकेका ८ पालिका मध्ये नेपालगंजमा कोरोनाका संक्रमित धेरै

२०७७ आश्विन ५, सोमबार १७:५७
नेपालगंज । बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५१ जना पुगेको छ । आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा ४३ जना, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पीसीआर प्रयोगशालामा ८ जना र वागेश्वरी पीसीआर ल्यावमा १ जनालाई कोरोनाको संक्रमण पाईएको छ । संक्रमित मध्ये १ हजार […]