दशैं शुरु भएपछि चहलपहल

  ।   २०७७ कार्तिक ३, सोमबार १३:५७

सुर्य प्रसाद धिताल
बाँके । हिन्दु समुदायका ठुला चाडपर्व मध्ये एक दशैंको आज तेस्रो दिन । गाउँघर, शहर बजारमा विस्तारैं चहल पहल बढिरहेको छ ।

कोरोना भाइरसको महामारीले गर्दा विगतका बर्षहरुमा जस्तो यसपालि आम मानिसहरु आउजाउ भने गर्न सकिरहेका छैन्न । धार्मिक स्थल, बजार तथा सार्वजनिक अन्य ठाउँहरुमा भेला हुन रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एकाघरमा बसोबास गर्दै आएको सदस्यहरु बीचमा मात्रै दशैं मनाउन भनेको छ ।

कोरोनाको जोखिम दैनिक जसो बढीरहेका बेला सार्वजनिक यातायातका सवारी साधान संञ्चालन गर्दा, ब्यापार ब्यवसाय गर्दा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन भनेको छ ।

यस्तै चार्डपर्वको अवसर पारेर शुभकामना आदान प्रदान देउसी भेलो लगायतका कार्यक्रमहरु नगर्न भनेको छ । यसपालिको दशैं टिका कार्तिक १० गते परेको छ ।

स्थानीय प्रशासन द्धारा जारी सूचना ।

Next Post

राखेपका नवनियुक्त बोर्ड सदस्यहरूले लिए सपथ ग्रहण

२०७७ कार्तिक ३, सोमबार १३:५७
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरूले आज सपथ ग्रहण गरेका छन । राखेपका अध्यक्ष समेत रहनुभएका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । मन्त्रिपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश […]

सम्बन्धित समाचार