कोरोनाको दोस्रो लहर संग लड्दाका अनुभुति र विजयी नयाँ जीवन

  ।   २०७८ जेष्ठ ३१, सोमबार १३:४२

नेपालगंज र कोभिड-१९ कोरोनाको दोस्रो लहर नेपालमा भित्रिएको केही समयमै नेपालगन्ज देशकै सबैभन्दा हटस्पट क्षेत्र बन्यो । कोरोनाले केहि समय नेपालगंजलाई हल्लाईदियो । मानिसहरुको जिवनमा कोरोना आतंकले कालो बादल मडारिन थाल्यो । कतिपय मानिसलाई नेपालगन्ज छोडेर अन्त्यै सुरक्षित ठाउँ जाने भागदौड पनि नचलेको हैन । तर त्यति गार्हो अवस्थामा पनि कोभिड-१९ महामारी बिरुद्ध नेपालगंज फलामे किल्ला बनेर लडिरह्यो । जसको नेतृत्व नेपालंजका प्रशासक, नेपालगन्ज  उप-माहनगरपालिका, स्वास्थ्य क्षेत्रको खम्बा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र व्यबस्थापन समिति लगायत सम्पुर्ण स्वास्थ्यकर्मिहरुले आ-आफ्नो क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गर्नुभयो ।

नेपालगन्जमा कोभिड-१९ को आधिबेहरी आउदा म पनि त्यसबाट टाढा रहन सकिन । त्यसैले मेरा केहि अनुभुति यस लेख मार्फत व्यक्त गर्न चाहन्छु । नयाँ बर्ष २०७८ साल हर्षउल्लासका साथ प्रवेश गर्यो अगाडिको बर्षमा कोरोनाका कारण मानिसहरुको जिवन संकटग्रस्त भैरहेको थियो । उद्योग, व्यापार, बिद्यालय लगायतका क्षेत्रमा क्षति पुर्या्यो । कोरोनाबाट बच्नको लागि गरिएको लकडाउनबाट मानिसहरु पिडित थिए । त्यसकारण २०७८ सालमा त्यस्तो नआओस भन्ने कामना गरेका थियौ । तर बिडम्बना भनौ बैशाख महिनाको पहिलो हप्तामा नै कोरोनाको दोस्रो लहर नेपालमा आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो । सो क्रममै नेपालगन्जमा जब कोरोनाका बिरामिहरु बढ्न थाले त्यसपछि बैशाख १० गते देखि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन गर्ने निर्णय गर्यो । त्यतिबेला यति धेरै बिरामि भए बैशाख ११ गते देखि जेष्ठ ११ गते सम्म अस्पतालमा बेड तथा अक्सिजन नपाउने सम्मको महामारी आईपुग्यो ।

मलाई पनि बैशाख १२ गते देखि हातखुट्टा दुख्ने, शरिरमा थकावट लाग्ने समस्या देखा पर्योो । पिडा अलि धेरै भईरहेको अनुभुति भयो, डर पनि लाग्यो । त्यस पश्चात १४ गते भेरी अस्पतालमा गई पिसिआर टेष्ट गरे र १६ गते पोजेटिभ भनि रिपोर्ट आयो । घरमै होम आईसोलेसनमा बसियो र घरेलु उपचार नै अपनाईयो । त्यतिबेला सम्म मलाई निकै असजिलो भईसकेको थियो । घरमा स्वयंम आफैले ज्वरो, अक्सिजन चेक गरि रहन्थे । १७ गतेको दिन अक्सिजनको लेभल ८८-८० सम्म गयो । अक्सिजनको सिलिण्डर मिलिरहेको थिएन । भेरी अस्पतालमा गएर भर्ना हुनको लागि भेड पनि थिएन । झनै मेरो जिवन जोखिमपुर्ण बन्दै गयो तर भेरी अस्पतालका डाक्टर राजन पाण्डे सर संग फोन सम्पर्कबाट सल्लाह लिई औषधिहरुको प्रयोग गरिरहेको थिए ।

तर अक्सिजनको कमिले अप्ठेरो परिरहेको थियो । मेरा आफन्तहरुको प्रयासले अक्सिजन सिलिण्डर प्राप्त गरे । उक्त अक्सिजन प्राप्त भए पश्चाथत अक्सिजनको मात्रा ठिक हुँदै गएको थियो । सर्व प्रथम डा.राजन पाण्डे सरलाई उच्च सम्मान प्रकट गर्दछु । जसले पिसिआर रिपोर्ट पोजेटिभ आएदेखि निरन्तर फोन सम्पर्कबाट सल्लाह सुझाव दिईराख्नु भयो । सो समयमा राजन पाण्डे सर पनि कोरोना संक्रमित हुनु भएको रहेछ तर पनि जतिबेला फोन गर्दा नि रिसिभ गर्ने र आवश्यक सल्लाह दिईरहनु भयो । मेरो स्वास्थ्यमा पनि सुधार आउदै गयो ।
त्यसकारण डा.राजन पाण्डे सरबाट आज पुर्ण जिवन प्राप्त गरेको छु । त्यस्तै अक्सिजन नपाईरहेको र अस्पतालमा बेड नभएको अवस्थामा निकै मेहतन गरेर अक्सिजन उपलब्ध गराउने मेरा परिवारका सदस्यहरु प्रति पनि उच्च सम्मान गर्न चाहन्छु ।

यहि समयमा अक्सिजन ब्यबस्थापन नभएको भए म बाँच्ने कुनै सम्भावना थिएन । अक्सिजन उपलब्ध गराई पुर्ण जिवन दिने मेरा परिवारका सदस्यहरु प्रति आभार व्यक्त गर्न चाहन्छु । बिभिन्न माध्यमबाट हौसला प्रदान गर्नुहुने आफन्तजन, छरछिमेकिहरु, राजनितिज्ञ तथा कार्यकर्ताहरु, उद्योगी तथा व्यापारी साथिभाई, वडा प्रहरी कार्यालय नेपालगंजका भाईहरु लगायत सबैमा हार्दिक अभिबादन तथा धन्यबाद प्रकट गर्दछु ।

बिशेष गरी मेरा प्यारा छिमेकिहरु जसले म कोभिड संक्रमित भए देखि हेरबिचार गर्ने आलोपालो गरेर खाना तथा औषधिहरु ल्याईदिने काम गर्नुभयो, भने मुस्लिमहरुको रमजान पर्व चलिरहेको थियो मेरो बिरामि छिट्टै सन्चो होस भनेर मुस्लिम धर्मावलम्बिहरुले अल्लाह संग दुवा माग्नु भएको रहेछ । नेपालगन्जका मानिसहरु सबै मिलेर एक अर्काको समस्यालाई सहयोग र समाधान गर्दै फेरी पनि प्रेरणा र सद्भावको शहर नेपालगंज बासी भनेर प्रमाण गर्न सफल भइयो ।

मेरा छिमेकिहरुले जुन व्यवहार गर्नु भयो त्यसले नेपालगन्ज सद्भावको शहर र मानविय भावना प्रकट भएको पाईयो । मेरा छिमेकिहरुलाई धन्यबाद दिन चाहन्छु ।
<span;>अव बाँकि प्राप्त भएको पुर्ण जिवन नेपालगंज र यहाँका बासिन्दाको सेवा गरेर बिताउने छु । बाँकि सबै मिलौ, कोभिड-१९ को चुनौतिको सामना गरौ । नेपालगन्ज लगायत सम्पुर्ण मृतक प्रतिक हार्दिक श्रदाञ्जलि अर्पण गर्दछु । कोभिड १९ लाई जितेर बिजय हाँसिल गर्नु भएकका सम्पुर्ण कोरोना पिडित सबैलाई बधाई दिन चाहन्छु । हाल कोभिड संग लडिईरहनु भएका बिरामिहरुलाई उच्च मनोबलका साथ सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
(लेखिका सफल व्यापारी तथा समाजसेवी हुनुहुन्छ ।) 

Next Post

युनेस्कोद्धारा बर्दियाको बढैयाताल र राजापुरमा सञ्चालित कार्यक्रमको अनुगमन र छलफल 

२०७८ जेष्ठ ३१, सोमबार १३:४२
समाचारदाता नेपालगञ्ज । बर्दियाको बढैयाताल र राजापुरमा सञ्चालन गरिएको ‘बाल विवाह चाडै तथा जबरजस्ती गरिने विवाह रोकथाम’ परियोजनाको बाँके युनेस्को क्लबको उच्चस्तरीय व्यवस्थापनद्धारा स्थलगत अनुगमन गरिको छ । सो क्रममा बढैयाताल गाउँपालिका २ को सरस्वती माध्यामिक विद्यालय र राजापुर नगरपालिका ६ टपरास्थित मानपुर माध्यामिक विद्यालयको स्थलगत अनुगमन गरेर दुबै विद्यालयका […]

सम्बन्धित समाचार