संवाददाता, नेपालगंज ।
चिसोको बेला बन्द कोठामा कोइला बाली सुत्दा, भेरी अस्पताल नेपालगंस्थित मेडिकल स्टोर, कर्णाली प्रदेश, सम्पर्क कार्यालय नेपालगन्जमा कार्यरत सहयोगी कर्मचारी धन प्रसाद भट्टराई सहित ४ जना परिवारका सदस्यको मृत्यु भएको छ ।
घटना स्थलमा पुगेर अहिले विस्तृत अनुसन्धान चलिरहेको छ ।
यसैबीच, स्वास्थ्य कार्यालय बाँकेले घटना प्रति दुःख ब्यक्त गर्दै मृत आत्माको चीर शान्तीको कामना र शोक सन्सप्त परिवार प्रती ईश्वरले धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भन्ने कामना गरेको छ ।
साथै, सबैमा स्वास्थ्य कार्यालय, बाँकेले अपील हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न अपिल गरेको छ ।
कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न, आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगर्न पनि सन्देश गरेको छ ।
अपडेट………
नरेश श्रेष्ठको सामाजिक संञ्जाल फेसबुकबाट..