“मलाई अनुहार,जात र झण्डा होइन काम चाहिन्छ” : अर्थमन्त्री शर्मा

  ।   २०७८ असार ३०, बुधबार १७:३८

नेपालगन्ज । अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्दै तत्काल जनतालाइ राहत हुने खालका कार्यक्रम ल्याउन अवश्यक रहेको बताउनु भएको छ । सपथ ग्रहण लगत्तै मन्त्री शर्माले कोरोना भ्यक्सिनको लागि ५ अरव तत्काल छुट्याउनु भएको छ । सपथ ग्रहणका क्रममा मन्त्री शर्माले भन्नुभयो,” मलाई अनुहार, जात र झण्डा होइन काम चाहिन्छ ।”

१८ घण्टा लोड सेडिङ भएको बेला उर्जा मन्त्री भएर लोडसेडिङ अन्त्य गर्न सफल मन्त्री शर्माले अर्थमन्त्री भएको बेला पनि महत्त्वपूर्ण काम गर्न सक्ने सर्वसाधारणहरुले आशा गरेका छन् । कुनै पक्षपात नगरी जनताको सेवा गर्ने मन्त्री शर्माले प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । कोरोना कहरको पहिलो र दोस्रो लहरमा आफ्नै निर्वाचन क्षेत्रमा प्रत्यक्ष खटिनु भएका शर्माले आजै ४ वटा फाइल सदर गर्नु भएको छ ।

मन्त्री शर्माका अनुसार स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ ।

प्रादेशिक र स्थानीय अस्पताललाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत फाइल सदर गरिएको छ ।

कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गर्नुभएको छ ।

Next Post

नेपालगन्जको राझामा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

२०७८ असार ३०, बुधबार १७:३८
नेपालगन्ज । नेपालगन्ज देखि राँझा एर्पाेट तर्फ गइरहेको भे ७ प ९१९४ नम्वरको मोटरसाइकल नेपालगन्जको राझामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गनापुर प्रहरी चौकिका प्रमुख प्रेम सिंह भण्डारीका अनुसार मोटरसाइकलको गति तीब्र भएकोले मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको हो । मोटरसाइकल चालक शंकर शाही हुम्ला जिल्ला सर्केगाड […]