बाँकेमा थपियो कोभिडबाट ज्यान गुमाउनेको संख्या

  ।   २०७८ कार्तिक २२, सोमबार १६:२३

संवाददाता, नेपालगंज ।

भेरी अस्पताल नेपालगंजमा उपचाररत नेपालगंज १८ बाँकेकी ६९ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको छ ।

जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेले सार्वजनिक गरेको विवरण अनुसार मृतक महिलाको पीसीआर जाँच कार्तिक ६ गते गरिएको थियो । र सोही दिन कोभिड संक्रमण पाईएपछि महिलालाई भेरी अस्पतालको कोभिडमा भर्ना गरिएको थियो ।

यो सगैं बाँकेमा कोभिडको महामारी शुरु भएयता देखी हालसम्म ज्यान गुमाउने कोभिड संक्रमितको संख्या ३४० जना र बाँके जिल्ला बाहिरका ४१८ जना रहेको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेका कोभिड फोकल पर्सन तेज वलीले जानकारी गराउनुभएको छ ।

Next Post

१२ वर्षदेखि माथिकालाई लगाउन मिल्ने एक करोड कोभिड खोप खरिद गर्ने सरकारको निर्णय

२०७८ कार्तिक २२, सोमबार १६:२३
काठमाण्डौ । सरकारले १२ वर्षदेखि माथिका व्यक्तिलाई समेत लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले खोप खरिदका […]

सम्बन्धित शीर्षक