कोहलपुर आठ पिपरीबाट चौध किलो लागुऔषध सहित श्रीमानश्रीमती पक्राउ

  ।   २०८० मंसिर १७, आईतवार २१:०२

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ८ पिपरीबाट १४ किलो आगुऔषध सहित दुई जना पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–८ पिपिरीबाट अवैध लागुऔषध चरेस १२ केजी ७ सय ४ ग्राम र अफिम २ केजी ४५ ग्रामसहित २ जनालाई प्रहरीले शनिबार राती करिब ८ बजे दुई जना पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–८ पिपिरीका रेवन्त राना र उनकै श्रीमती ३३ वर्षीया कबिता थापा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनीहरुले लागूऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको घर, कार तथा सोही ठाउँस्थित यज्ञ रानाको खाली घरमा समेत उनीहरूले लुकाई राखेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको तिवारीले बताउनुभयो ।

पक्राउ पर्नेहरु लामो समयदेखि लागुऔषध ओसारपसारमा गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ। पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

दोस्रो नेपालगन्ज किड्स फेस्टिवल सम्पन्न

२०८० मंसिर १७, आईतवार २१:०२
नेपालगन्ज । बालबालिकाको सिर्जना देखाउने उत्सवको रुपमा परिचित हुँदैं दोस्रो नेपालगन्ज किड्स फेस्टिवल–२०८० सकिएको छ । बाल साहित्य सिर्जना उत्सवको रुपमा लिइएको किड्स फेस्टिवलमा नृत्य, गायन, चित्रकला र वक्तृता गरी चार विधामा प्रि–स्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिष्पर्धा गराइएको थियो । जसअन्तर्गत खुला एकल नृत्यमा दिलिप चुनारा प्रथम, […]