सुदूरपश्चिमका चार जिल्लामा विद्युत अवरुद्ध हुँदा जनजीवन प्रभावित

  ।   २०७७ भाद्र ५, शुक्रबार ०८:५६

डोटी । सुदूरपश्चिमका चार जिल्लामा हिजो दिउँसोदेखि बन्द भएको विद्युत सेवा अझै सुरु भएको छैन ।

कैलालीको अत्तरियाबाट वितरण हुँदै गएको एक सय ३३ केभीए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुँडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत सेवा पूर्णरुपमा बन्द भएको हो ।

मर्मतको लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत नहुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु र ल्यान्डलाइन टेलीफोन पनि बन्द भएका छन् । उज्यालो अनलाइन

Next Post

संक्रमितलाई ब्लड चाहियो भने मलाई फोन गर्नुस: केन्द्रिय सदस्य श्रेष्ठ

२०७७ भाद्र ५, शुक्रबार ०८:५६
रन्जित कुमार चौधरी नेपालगन्ज / कोरोना जितेर डिस्चार्ज हुनेहरुमा उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ एक हो । शुक्रबार बिहान चिटिक्क परेर घर फर्किने क्रममा श्रेष्ठले भन्नुभयो,” कोरोना संक्रमितलाई ब्लड चाहिए देशभर जहाँ बाट फोन आए पनि दिन्छु । मेरो ब्लड ग्रुप बि पोजेटिभ हो ।” नेपालगन्जको सिटिप्यालेस […]