पारा ओलम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

  ।   २०८१ भाद्र १५, शनिबार १२:३७

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिनुभएको हो ।

‘नेपालकी पलाशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्’– उहाँले भन्नुभएको छ– ‘पलासालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।

Next Post

भुर्तेलको अध्यक्षतामा नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वाड नं. १२ को वडा समिति गठन

२०८१ भाद्र १५, शनिबार १२:३७
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा शम्भु भुर्तेल सर्वसम्मतिले चयन हुनु भएको छ। स्थानीय सुनाखरी रेष्टुरेन्ट प्रा.लि. मा भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा शम्भु भुर्तेल, उपाध्यक्ष पदमा गिता थापा, सचिव पदमा आकाश वर्मा, सहसचिव […]