नेपाल र पपुवा न्युगिनीबीचको पहिलो एक दिवसीय क्रिकेट आज हुँदै

  ।   २०७८ भाद्र २२, मंगलवार ०७:४५

काठमाण्डौ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको एक दिवसीय क्रिकेट श्रृङ्खलाअन्तर्गत पहिलो खेल आज हुँदैछ ।

खेल अल अमिरात मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । दोस्रो एक दिवसीय खेल भदौ २५ गते हुनेछ ।

पीएनजीसँगको दुई खेलपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यी दुवै श्रृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ ।

Next Post

कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना

२०७८ भाद्र २२, मंगलवार ०७:४५
काठमाण्डौ । सरकारले राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना गर्ने निर्णय गरेको हो । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै यससम्बन्धी […]