माओवादी केन्द्र स्थायी कमिटीको बैठक बस्दै

  ।   २०७८ भाद्र ६, आईतवार ०७:०६

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादी स्थायी कमिटीको बैठक शनिबार पनि बसेको थियो । बैठकमा नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरिएको थियो ।

आज बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्यविभाजन, आउँदो पुस ११–१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Next Post

आत्महत्या बढ्दो, १ घण्टा २० मिनेटमा एकले गर्छन् आत्महत्या

२०७८ भाद्र ६, आईतवार ०७:०६
काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । पछिल्लो समय नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको एक तथ्याकंले देखाएको हो । यो संख्याअनुसार प्रत्येक १ घण्टा २० मिनेटमा नेपालमा एक आत्महत्याको घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त तथ्याकंअनुसार आर्थिक वर्ष २०७४/०७५ […]