संवाददाता ।
राष्ट्रिय अनुसन्धान विभागले विभिन्न तहका लागि कर्मचारी माग गरेको छ ।
विभागले आज एक सूचना प्रकाशित गर्दै अनुसन्धान अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी सरह) २१ जना, अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी सरह) ३२ र सहायक सूचक (राजपत्र अनङ्कित चतुर्थ श्रेणी सरह) पदका लागि ५१ जना माग गरेको हो ।
अनुसन्धान अधिकृत हुन कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्छ भने उमेर २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्छ । अनुसन्धान सहायक हुन कम्तिमा प्लस टु वा सो सरह पास गरेको र १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
सहायक सूचक पदमा भने एसएलसी वा एसईई पास गरेको हुनुपर्छ । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकोले यस पदमा दरखास्त दिन सक्नेछन् । विभागको वेवसाइट धधध।लष्मभउत।नयख।लउमायिनष्ल बाट पनि फारम भर्न सकिन्छ ।
२०७८ वैशाख १२ गतेभित्र दरखास्त दिइसक्नुपर्ने विभागले जनाएको छ ।
प्रशासन डटकमबाट