रेशम चौधरी र महेश बस्नेत बीच भेट, मुद्दा फिर्ता प्रक्रिया सुरु भएको दाबी

  ।   २०७७ चैत्र १३, शुक्रबार १५:१४

लक्की चौधरी
प्रधानमन्त्री केपी शर्मा ओलीको योजना कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्ने भनेर चिनिनुभएका एमाले नेता महेश बस्नेतले कैलाली १ नंम्बर बाट निर्बाचित सांसद रेशम चौधरीसँग भेट गर्नुभएको छ ।

पछिल्लो समय एमाले र जनता समाजबादी पार्टी बीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनकै पार्टीका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव बर्तमान सरकारमा सामेल भएर केपी ओली संग सहकार्य गर्ने हुदैन भनेर लागेको बेला बर्तमान सरकारमा समावेश हुन अन्तिम तयारी गरिरहेका सजपा अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो लगायत नेताहरुले बालुवाटार संँग अन्तिम सहमति गर्न लागेको बताइन्छ ।

डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवले रेशम चौधरी केपी सरकार संँग सहमत छैनन भनेर प्रचार गरि रहेको बेला यसै हप्ता सजपा नेता राजेन्द्र महतो र सरकारका एक शक्तिशाली मन्त्रीले समेत चौधरी सँग भेट गरेको बताएको छ ।

हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको आन्दोलनमा सहभागी भएर प्रतिबद्धता जनाउनु, रेशम चौधरीले पार्टीको निर्णय मान्ने र सरकारमा सहभागी हुने संकेत गरेर बक्तब्य दिनुलाई चासोका साथ हेरिएको छ ।

पुर्ब मन्त्री समेत रहनुभएका महेश बस्नेत गृह मन्त्रालय, सरकारी वकिल सँंग परामर्श लिइ हिजोको मन्त्रिपरिषदले मुद्दालाई सहज ढंङ्गले अगाडि बढाउन प्रक्रिया थालनी गरेको सन्देश पु¥याउन गएको अनुमान गरिएको छ ।

गोरखापत्र अनलाइबाट

Next Post

राप्तीसोनारीमा वाइसिएलको कमिटी गठन

२०७७ चैत्र १३, शुक्रबार १५:१४
संवाददाता । राप्तीसोनारी गाउँपालिकामा शेर बहादुर खड्का (सुजल) को संयोजकत्वमा ३५ सदस्य योङ्ग कम्युनिष्ट लिग नेपालको कमिटी गठन गरिएको छ । आज केन्द्रिय सचिव रतन शाहीको उपस्थितीमा कमिटी गठन गरिएको हो । राप्तीसोनारी क्षेत्रमा बढेको भ्रष्टाचारलाई निरुत्साहित गर्न युवाहरुले काम गर्ने संयोजक सुजलले बताउनुभयो । योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) […]