‘मालिङ्गो’ गीतमा स्मीता दाहाल र राजेश हमालको जोडी (भिडिओसहित) हेर्नुहोस

  ।   २०७७ मंसिर ४, बिहीबार १८:३५

आफैंले गाएको गीतको म्युजिक भिडिओमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिनुभएको छ ।

स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडिओमा पछिल्लो समयकी हिट गायिका राजेश हमालसँग देखिनुभएको हो ।

भिडिओले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडिओमा राजेश हमाल पत्रिका पु¥याउने ‘हकर’ को भूमिकामा देखिनुभएको छ ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

सुनिल क्षेत्रीको कथा र कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडिओ नवराज उप्रेतीले खिच्नुभएको हो । भिडियो सरोज ओलीको निर्देशनमा बनेको हो । भिडियो हेर्नुहोस ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागीबाट हुने क्षति न्युनिकरणका लागी बीमा प्रक्रियामा जान उद्योग वाणिज्य संघको आब्हान

२०७७ मंसिर ४, बिहीबार १८:३५
आगलागीका घटनाहरु बढ्दै जान थालेपछि नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेले नियन्त्रणका लागी प्रभावकारी उपाय अपनाउन र क्षति न्युनिकरणका लागी बीमा प्रक्रियामा जान आब्हान गरेको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जिवी ओली द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘कार्तिक ३० गते भएको आगलागीबाट नेपालगंज उद्योग वाणिज्य संघ […]