निर्वाचन- घोषणा र उमेदवारि तथा उमेदवार छनौटका सजिलो आधारहरु

  ।   २०७८ चैत्र ११, शुक्रबार ०९:४७

गिरिराज भुसाल (जि आर)
स्थानिय चुनावको मिति नजिकिदै गर्दा देशभर निर्वाचन बारे चर्चा परिचर्चा शुरुआत भएको छ तर वृद्ध भत्ता तथा अन्य भत्ता होस या बिकास न कसैले आफ्नो पैसाले गर्छ न गर्न सक्छ (सानो तिनो समाजसेवा बाहेक) ।

भत्ता तथा बिकास तपाईं हामिले तिरेको पैसा(कर) फिर्ता भएर विभिन्न शिर्षकमा हामी माझ आउने गर्दछ जस्लाइ अहिले निर्वाचित जन प्रतिनिधि र कर्मचारी मिलेर विभिन्न शिर्षकमा खर्च गर्छन् । बिकासका नाममा यहाँ धेरै यस्तो त्यस्तो कुराहरु धेरै आउछन जस्लाइ हामिले बुझ्न र बुझाउन अत्यन्तै जरुरी छ ।

अघिल्लो बर्ष हामिले तिरेको प्रतेक्ष तथा अप्रत्यक्ष कर र सरकारले(केन्द्र,प्रदेश, तह, वडा) प्राप्त गरेको लक्ष्य अनुसारको अनुदान सहयोग र ऋण आकलन गरि विभिन्न शिर्षक मार्फत आम्दानी  खर्च  बजेट बिनियोजन हुन्छ ।

बिनियोजित बजेट खर्च  गर्न हाम्रा जनप्रतिनिधिले(सिमित केही बाहेक ) सबैले कर्मचारी भन्दा बढी तलव, भत्ता तथा सेवा सुबिधा लिने गर्दछ्न अझ तलव भत्ताले नपुगेर अतिरिक्त लाभ लिएको पनि सुनिन्छ देखिन्छ  ।

खास गरि नेपाल जस्ता गरिव र राजनैतिक चेतना कम भएका मुलुकमा राजनीतिक दलहरुले हामिले भत्ता बड्यौ, यति पुर्याउछौ भनी भन्नू हाम्रा वृद्ध अभिभावकले तथा विभिन्न कारणले अशक्त भएकाहरुले यो देशलाइ दिएको कर तथा विभिन्न योगदानको अपमान हो । आफ्ना अभिभावकलाई केही थोरै पैसा दिएर उनिहरुलाइ हामी यसो गर्यौ भन्ने बजारमा देख्न सुन्न सकिन्छ त्यो उहाँहरु प्रतिको ठूलो अपमान भैरहेको छ ।

बिकासका नाममा गरिने हरेक क्रियाकलापहरुको रकम स्रोत जनता नै प्रमुख हो जो पुनः फर्किएर जनतामै आउँछ जस्लाइ दल  दलका नेताहरुले हामिले यस्तो गर्यौ भन्दै आएका हुन्छन् अझ भनौं यसरी भाषण गर्छन  कि त्यो नेताकै पार्टी र कार्यकर्ताको पैसाले बनेको हो जसरी तर त्यस्तो कदापी होइन नेपालमा केही सिमित स साना समाजसेवा वाहेक अन्य बिकास परियोजनमा जनताकै मेहनत तथा जनताकै पैसा हो ।

हो सरकार राम्रो बन्न सक्यो र असल नियतले काम गर्यो भने मितब्ययिता अपनाएर गुणस्तर र अलि बढी कार्यहरू पक्कै पनि गर्न सकिन्छ त्यसकालागी दल र दलका नेता सहि हुन अत्यन्तै जरुरि छ । नेपाली जनताले मतदान मार्फत छानेका विभिन्न दलहरु आफुले जारी गरेका प्रतिवद्दता पत्र हेर्दा सरकार निर्माण पश्चातका गतिबिधिहरु  निकै पर पर सम्म नभेटिनु हाम्रो दुर्भाग्य हो भै रहेको छ
फेरि पनि विभिन्न नारा र आश्वासन लिएर हाम्रो घर आगनमा बिभिन्न पदहरुमा आकान्क्षीहरु आउने क्रम बाक्लो हुँदैछ तर यस पटक हामी उहाँको प्रचार सामाग्रीमा बिश्वास गर्नु भन्दा पहिले यी कुराहरुमा ध्यान दिन जरुरी छ ।
१) उम्मेद्बार यहि चालू कार्यकालको निर्वाचित हो भने उस्ले सम्हालेको जिम्मेवारी पहिले गरेको घोषणा सम्पुर्ण पूरा भएको छ या छैन ?
२) उम्मेद्बारले सम्हालेका कार्यालयमा कुनै प्रशासनिक कार्य गर्न जादा भएको व्यवहार र तथा लाग्ने समय सहि छ या छैन ? काखा र पाखाको व्यवहार छ या छैन ?
३) उम्मेद्बारले जारी गरेको घोषणामा  रकमको स्रोतको बिस्वस्नियता छ या छैन ?                                                         ४) यदि उमेदवार नयाँ छ भने उस्को हालसम्मको आर्थिक/सामाजिक जीवन कस्तो छ ? ठिक छ कि छैन ?
५) नयाँ उम्मेद्बारले घोषणागरे अनुसारका विभिन्न कुराहरुमा प्रश्न गर्दा स्पष्ट गरि यसरी तथा यो यो तरिकाले हुन्छ भनेर भन्दा ठिक भने या भनेनन् ?
६) अहिलेको स्थानित तह हो निर्वाचन हाम्रो दैनिक जन जिविका संग प्रतेक्ष सम्बन्ध राख्ने हुनाले उमेदवार त्यस्तो सम्बन्धका लागि उपयुक्त छ या छैन ?                    यी माथी रहेका बुँदामा हामिले हाम्रो नसोचेर राम्रो राम्रो ल्याउने नियत राखी सोच्न सक्यौं भने पक्कैपनी निर्वाचन सफल रहनेछ । यसका साथै उमेदवार दिने ब्यक्तीले मैले माथीका बुँदामा मेरो कार्य कौशलता कति छ आकलन गर्न जरुरी छ । जनमत राम्रो हुदैमा काम राम्रो हुदैन कम गर्नको लागि असल नियत अत्यन्तै महत्वपूर्ण हुन्छ । नेपालमा निर्वाचनमा निर्वाचित ब्याक्तिहरुलाइ जनप्रतिनिधि भनिन्छ आफू जनप्रतिनिधि हुन लाएक छु या छैन र मतदान गर्ने सबैले मतदान प्राप्त गर्ने ब्यक्ति जनप्रतिनिधि बन्न लाएक छ या छैन आकलन गरौं र फुर्सदमा पछुतो नहुने वातावरण निर्माण गरौं ।           ( लेखक नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेको जिल्ला महासचिव हुनुहुन्छ) 

Next Post

टियर रिलिफले बनायो लक्षित बर्गलाई खुशी

२०७८ चैत्र ११, शुक्रबार ०९:४७
   नेपालगन्ज । शैक्षिक सामग्री पाएपछि लक्षित बर्ग खुशी भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का लक्षित बर्गलाइ टियर रिलिफ नेपालले सो सामग्री वितरण गरेको रिलिफका अध्यक्ष हिरा घर्तिले बताउनु भयो । वडा नं. ९ को आर्थिक सहयोगमा सो रकम वितरण गरिएको हो । वडा ९ का कार्यबाहक […]