बाँकेमा महामारी नियन्त्रणमा खर्च गर्नुपर्ने रकमको दुरुपयोग

  ।   २०७८ माघ २६, बुधबार १३:५३

संवाददाता ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरको बेला बाँकेका विभिन्न स्थानीय तहले संक्रमण रोकथाम र नियन्त्रण गर्न जिल्ला कोभिड नाइन्टिन संकट व्यवस्थापन समितिलाई १ करोड ५७ लाख आर्थिक सहयोग गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाले मात्रै ४३ लाख सहयोग गरेको थियो ।

त्यसैगरी कोहलपुर नगरपालिकाले ३२, राप्ती सोनारी गाउँपालिकाले १५, नरैनापुरले १६, जानकीले ११, बैजनाथले ११ डडुवाले १३ र खजुरा गाउँपालिकाले १६ लाख रुपैयाँ दिएका थिए ।

तर समितिले धेरै जसो रकम होटलहरुलाई दिएको पाइएपछि सरोकारवालाहरुले दुरुपयोग भएको आशंका गरेका छन् ।

जिल्ला कोभिड नाइन्टिन संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले खाना, इन्धन, गाडी भाडा र होटलमा बसेको खर्चको भुक्तानी दिएको छ ।

संक्रमणमा खटिएका कर्मचारीलाई प्रोत्साहन खर्चसँगै स्वयम् सेवकलाई समेत रकम दिएको पाइएको छ । जल्ला प्रशासन बाँकेमा भएका कोभिडसम्बन्धी बैठकमा समेत दाताहरुले रकम पारदर्शी ढंगले खर्च नभएको बताएका छन् ।

महामारी नियन्त्रण गर्न खर्च गर्नुपर्ने रकमको दुरुपयोग भएको आशंका भएपछि छानबिनको माग उठेको छ ।

कान्तिपुर टिभी डटकमबाट ।

Next Post

देशका विभिन्न ठाउँमा पश्चिमी वायुको प्रभाव, हल्का बर्षा सगैं हिमपात

२०७८ माघ २६, बुधबार १३:५३
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा पछिल्लो ३ घण्टामा नेपालको विभिन्न स्थानमा भइरहेको वर्षाको विवरण चित्रमा देखाईएको छ । संवाददाता, नेपालगंज । देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । यस्तै बाग्मती प्रदेश तथा प्रदेश नम्बर […]