संवाददाता, नेपालगंज।
आज दशैंको दोस्रो दिन । दशैं लगायतका विभिन्न चार्डपर्वको अवसर पारी नेपाल पत्रकार महासंघ बाँके शाखाले आफना ३५३ जना सदस्यको पत्रकार दुर्घटना बीमा गरिदिएको छ ।
नेपालगंजमा आज एक औपचारिक कार्यक्रमका बीच सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रतिनिधि गोविन्द उपाध्यय र महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी बीच प्रति पत्रकार २ लाख रुपैंया बराबरको दुर्घटना बीमा पोलिसीमा सम्झौता भएको हो ।
चित्तवन पछि बाँके शाखाले पत्रकार दुर्घटना बीमाको कार्यक्रमलाई अगाडी बढाएकोमा खुसी ब्यक्त गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पत्रकार दुर्घटना बीमालाई दशैंको उपहार, कोशेलीका रुपमा स्वीकार गर्न महासंघका सबै सदस्यहरुलाई अनुरोध गर्नुभयो ।
देशभरका १३ हजार ८६ पत्रकार महासंघमा अहिले आवद्ध रहेको जानकारी गराउदै अध्यक्ष पोख्रेलले कोरोना बीमा जस्तै गरी दुर्घटना बीमाले पनि पत्रकारलाई अप्ठेरो नबनाईदिन सहकार्य गर्ने निकायलाई आग्रह गर्नुभयो ।
कोरोना बीमा गरेका पत्रकारहरुको बीमा दाबी भुक्तानीका लागी महासंघले लिखित, मौखिक रुपमा सहकार्य गर्ने निकायहरुलाई अनुरोध गरेको पनि जानकारी गराउनुभयो ।
उहाँले कोभिडले मिडियाको ब्यवस्थापकिय कुरामा ध्यान दिनुपर्ने, सोच्नुपर्ने कुरा सिकाएको भन्दै राज्यको शक्ति विकेन्द्रिकरण हुँदा प्रेस झन संकुचनमा परेको र त्यसप्रति महासंघको गंम्भिर बिमत्ति रहेको बताउनुभयो ।
पत्रकार लाइसेन्सको बिषय अहिले ठुलो सैदान्तिक बहस बनीरहेकाले अहिल्यै टुङ्गोमा पुग्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारिता र लाइसेन्स लिएर गरिने पेश, काम फरक हो ।’
साथै उहाँले संञ्चार संस्थाहरु श्रमशोषण गर्ने थलो नबनाइयोस भन्ने आग्रह पनि गर्नुभयो । पत्रकार आचारसंहितालाई गुरुमन्त्रका रुपमा लिई अनुशासित, नैतिकतालाई आत्मसाथ गरी काम गर्न पनि बाँकेका पत्रकार, सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयो ।
बाँके शाखा अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोभिड महामारीको संकटका बेला सहयोग गर्ने डाक्टर सुवास योगी, स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्मा, जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवाली, स्वास्थ्य कार्यालय बर्दियाका फोकल पर्सन नरेशबाबु श्रेष्ठ, जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वली, कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा ल्याव टेक्निसियन दिपक शर्मा, स्वास्थ्यकर्मी जिवन शर्मालाई सम्मान गरिएको छ ।
यस्तै वडा प्रहरी कार्यालय नेपालगंजका प्रमुख डिल्ली खड्का, बासका कार्यकारी निर्देशक नमस्कार शाह, नेपालगंजका ब्यवासायि दिपेन्द्र विष्ट, विवेकराज भण्डारीलाई पनि कोभिड महामारीका बेला सहयोग गरेको भन्दै कदरपत्र सहित सम्मान गरिएको हो ।
‘पत्रकारको दुर्घटना बीमा सम्झौता, कोभिड सम्मान र दशैं शुभकामना’ बिशेष कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाह, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय नेपालगंजका प्रमुख झंकर रावल, नेपाल बार एशोसियसनका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महत, पत्रकारका नेताहरु लियाकत अली, रुद्र सुवेदी, डक्ट प्रसाद धिताल, हेमन्त विक, अर्जुन ओली, निरज गौतम, आषिश गुप्ता लगायतले चार्डपर्वको शुभकामना दिदैं महासंघ र पत्रकारहरुको कामकारबाहीका बारेमा चर्चा गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ बाँके शाखामा अहिले ३२३ जना पत्रकारहरु आवद्ध रहेका छन ।
अपडेट..