अर्थमन्त्री शर्माद्वारा प्रस्तुत बजेटका ११ लोकप्रिय बुदा

  ।   २०७८ भाद्र २५, शुक्रबार २०:४६

   नेपालगन्ज । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकार) द्वारा आज शुक्रबार लोकप्रिय बजेट प्रस्तुत गरिएको छ । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसदहरुको प्रतिरोधको बीचबाटै शर्माले लोकप्रिय ११ वटा बुधालाइ प्रभावकारी रुपमा लागु गर्ने गरि बजेटे प्रस्तुत गर्नु भएको हो ।

उर्जामन्त्री भएको बेला २० घण्टे लोडसेडिङलाई हटाउन सफल मन्त्री शर्मा अर्थ मन्त्री भएपछि केही सुधार हुने आसा गरेका सर्वसाधारणहरुले बजेट प्रस्तुति पछि सामाजिक संजालका भित्ता भरी खुशियाली ब्यक्त गरेका छन् । अर्थमन्त्री शर्माले मृगौला प्रत्यारोपण गरेका रोगी , क्यान्सर रोगी, मेरुदण्ड, पक्षघातका बिरामीलाई औषधि उपचार खर्च बापत मासिक ५ हजार सहयोग गर्ने प्रस्तुत बजेटमा उल्लेख गर्नु भएको छ । सहिद परिवारलाई जीवन वृती बापत मासिक ३ हजार दिने घोषणा गरिएको छ । त्यस्तै कोरोनाको कारण रोजगार गुमाएका अनौपचारिक, असंगठित क्षेत्रका ५ लाख परिवारलाई एकपटकको लागि १० हजार अनुदान प्रदान गर्ने, कृषि वाली तथा पशु विमामा साविक ५० प्रतिशत बाट बढाएर ८० प्रतिशत पुर्‍याएको छ । प्रत्यक पालिकामा कम्तिमा ५ सय बेरोजगार युवाहरूलाई विना धितो व्याज अनुदान कार्यक्रम, विपन्न नागरिकहरुको लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकामा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्थापन गर्ने, उच्च हिमालमा नमुना एकीकृत वस्ती, प्राविधिक विधाका कक्षा १२ सम्मका विद्यार्थीहरुलाई “पढ्दै कामाउदै कार्यक्रम” केही नमुना विद्यालयबाट शुरु गरिने, विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, त्रिचन्द्र कलेज र घण्टा घरलाई पुरानै शैलीमा पुनः निर्माण गर्ने, “महिला पहिला कार्यक्रम” संचालन गर्ने र आन्तरिक तथा वैदेशिक ऋण ३६ अर्व घटाएको समेत बजेट भाषणमा उल्लेख गरिएको छ ।                                                                                                                  जनतालाई प्रत्यक्ष राहतहुने गरि ल्याएको बजेटको चौतर्फी रुपमा प्रशंसा  गरिएको छ । मन्त्री शर्माले जनतालाइ प्रत्यक्ष रुपमा रहात हुने र कोरोनाको महामारीले थलिएका जनतालाई मलम पट्टीको काम गर्ने गरि बजेट ल्याइएको बताउनु भएको छ ।

Next Post

एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

२०७८ भाद्र २५, शुक्रबार २०:४६
काठमाण्डौ । अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने […]

सम्बन्धित समाचार