३० नम्बरको जर्सीमा मेस्सीको डेब्यु खेल, स्टेडियम खचाखच

  ।   २०७८ भाद्र १४, सोमबार ०७:२४

काठमाण्डौ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीबाट डेब्यु गरेका छन् । गएराति रिम्ससँग भएको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् ।

रिम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा ३० नम्बरको जर्सीमा उनी मैदान प्रवेश गरेका हुन् । मेस्सीले आफ्नो व्यावसायिक खेल जीवनमा बार्सिलोना बाहेक अर्को टिमबाट पहिलो पटक खेलेका हुन् ।

मैदानमा मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट बिक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो । मेस्सी नेइमारको ठाउँमा मैदान प्रवेश गरेका हुन् ।

खेलमा दोस्रो खेल पनि मैदान पस्दा दर्शकहरु मेस्सीको प्रतिक्षामा थिए । रिम्समाथि पीएसजीले २–० को जित निकालेको छ । दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।

Next Post

अमेरिकाको लुजियानामा ठूलो वर्षा र आँधीको विध्वंश, ३ लाख जनताको विद्युत आपुर्ती बन्द

२०७८ भाद्र १४, सोमबार ०७:२४
एजेन्सी । अमेरिकाको लुजियाना राज्यमा भारी बर्षापछी आएको इदा नामक आँधीका कारण हजारौं विस्थापित भएका छन् । प्रतिघण्टा १ सय ५० माइलको बेगले आएको आँधीले राज्यको मुख्य शहर न्यू ओर्लीन्समा विध्वंश मच्चाएको छ । ठाउँ ठाउँमा रुख र बिजुलीका पोलहरु ढलेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । लुजियाना राज्यका ३ […]