अमेरिकाको लुजियानामा ठूलो वर्षा र आँधीको विध्वंश, ३ लाख जनताको विद्युत आपुर्ती बन्द

  ।   २०७८ भाद्र १४, सोमबार ०७:३९

एजेन्सी । अमेरिकाको लुजियाना राज्यमा भारी बर्षापछी आएको इदा नामक आँधीका कारण हजारौं विस्थापित भएका छन् । प्रतिघण्टा १ सय ५० माइलको बेगले आएको आँधीले राज्यको मुख्य शहर न्यू ओर्लीन्समा विध्वंश मच्चाएको छ ।

ठाउँ ठाउँमा रुख र बिजुलीका पोलहरु ढलेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । लुजियाना राज्यका ३ लाख घरपरिवारमा बिजुली आपुर्ती काटिएको छ ।

यो आँधीमा लुजियाना राज्यमा बनाईएको बाढी प्रतिरोधी योजनाको परिक्षण समेत भईरहेको छ । सन् २००५ मा आएको कट्रिना आँधीले १८ सयभन्दा बढीको ज्यान लिएपछि न्यू ओलीन्स शहरमा बाढी रोक्न विशेष संरचना बनाईएको थियो ।

यो संरचनाले अहिलेसम्म इदा आँधीले ल्याएको बाढी रोक्न सफल भएको बताईएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी खतरनाक भएको जिकीर गर्दै सचेत रहन सर्वसाधारणलाई अपील गर्नुभएको छ ।

शुरुमा यो आँधी मेक्सिकोको खाडीमा जम्मा भइ बसेको र बिस्तारै लुजियाना तर्फ सरेको त्यहाँका मौसमबिदहरुले जनाएका छन् ।

Next Post

आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने

२०७८ भाद्र १४, सोमबार ०७:३९
काठमाण्डौ । आजदेखि लगातार झरी पर्ने क्रम केही घट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो अस्तिजस्तो लगातार झरी पर्ने सम्भावना आज कम छ । तर वाग्मती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका […]