नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने

  ।   २०७८ भाद्र ११, शुक्रबार ०६:४३

काठमाडौं । नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ। यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ (एन्फा) ले एडप्याडलाई बिक्री गरेको हो।

एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिजो आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो।

एडप्याडलाई रु २५ लाख १० हजारमा प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरेको एन्फाले जनाएको छ। एडप्याडका प्रबन्ध निर्देशक गिरीका अनुसार अब यस खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ।

नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग यही भदौ १७ र २० गते गरी दुई खेल खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। दुवै मैत्रीपूर्ण खेल दर्शकविना नै गर्ने योजना रहेको एन्फाले जनाएको छ।

आगामी असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो।

Next Post

बालविवाह अन्त्यकालागि नितिगत तथा कानुनी व्यवस्थाबारे भर्चुअल बैठक गरियो

२०७८ भाद्र ११, शुक्रबार ०६:४३
नेपालगञ्ज। बाँके युनेस्को क्लबले बाल विवाह अन्त्यको लागि सन् २०३० सहितको रणनीतिक लक्ष्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राथमिकता, नीतिगत तथा कानुनी व्यवस्था, चालु पन्ध्रौ योजना लगायतका विषयमा गुलरियामा भर्चुअल बैठक सम्पन्न गरेको छ । बाँके युनेस्को क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह […]

सम्बन्धित शीर्षक