जर्मनीका महान् फुटबलर गर्ड म्युलरको ७५ वर्षको उमेरमा निधन

  ।   २०७८ श्रावण ३२, सोमबार १७:४२

संवाददाता ।
बेर्यन म्युनिक र जर्मनीका महान् फुटबलर गर्ड म्युलरको ७५ वर्षको उमेरमा निधन भएको छ । फुटबल इतिहासका सबैभन्दा उत्कृष्टमध्येका स्ट्राइकर म्युलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गर्नुभएको छ ।

सन् १९७४ को विश्वकप फुटबलको फाइनलमा नेदरल्याण्ड्स विरुद्ध उहाँले गर्नुभएको एक मात्र गोलले पश्चिम जर्मनीलाई विश्वकपको उपाधि दिलाएको थियो ।

बुन्डेसलिगामा बेयर्न म्युनिकको प्रतिनिधित्व गर्दै उहाँले ५९४ खेलमा ५७४ गोल गोल गर्नुभएको छ ।

उहाँले १५ वर्ष बेयर्न म्युनिकमा रहनुभयो । बेयर्न म्युनिकका अध्यक्ष हबर्ट हैनरले एफसी बेयर्नका लागि आजको दिन दुःखको र कालो दिन रहेको गर्डको निधनमा प्रतिक्रिया दिनुभयो ।

गर्ड बिनाको अहिलेको बेयर्न रहने थिएन भन्नुहुँदै हैनरले उहाँको नाम र सम्झना सधैं हामीसँगै रहने बताउनुभयो ।

दुई पटक जर्मन फुटबलरको वर्ष खेलाडीको उपाधि जित्नुभएका गर्ड म्युलरले सन् १९७० को विश्वकप फुटबलमा दश गोल गरेर ‘गोल्डेन बुट’ जित्नुभएको छ ।

दुई वर्षपछि उहाँले पश्चिम जर्मनीलाई यूरोपीयन च्याम्पियनशीप जिताउन सघाउनुभयो । सोभियत यूनियन विरुद्ध पश्चिम जर्मनीले ३–० को जित हात पार्ने क्रममा गर्डले दुई गोल गर्दै यूरोपेली च्याम्पियनशीपको उपाधि दिलाउनुभयो ।

गोरखापत्र अनलाइनबाट

Next Post

वाल विवाह न्युकिरणका लागि च्याम्पियन अफ चेन्जका युवालाई समुदायमा परिचालन

२०७८ श्रावण ३२, सोमबार १७:४२
समाचारदाता नेपालगन्ज । बाँके युनेस्को क्लबले बाल विवाह न्युनिकरणका लागि बर्दियाको राजापुर नगरपालिकामा रहेका च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गरेको छ । क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत बाल विवाह न्युनिकरणका लागि चेतना फैलाउने अभियानमा […]

सम्बन्धित शीर्षक