वाल विवाह न्युकिरणका लागि च्याम्पियन अफ चेन्जका युवालाई समुदायमा परिचालन

  ।   २०७८ श्रावण ३२, सोमबार २०:४०

समाचारदाता
नेपालगन्ज । बाँके युनेस्को क्लबले बाल विवाह न्युनिकरणका लागि बर्दियाको राजापुर नगरपालिकामा रहेका च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गरेको छ ।

क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत बाल विवाह न्युनिकरणका लागि चेतना फैलाउने अभियानमा लागेका च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गरिएको हो ।बर्दियाको गुलरिया, राजापुर, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका १ सय ६० जना च्याम्पियन अफ चेन्जका युवालाई टी शर्ट वितरण गर्ने योजना अनुसार राजापुरका ३० जना युवालाई टी शर्ट वितरण गरेर वितरण कार्यको शुभारम्भ गरिएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । उहाँले ती युवाले नगरपालिका क्षेत्र भित्रका आमा समुह, सहकारी समुह, महिला समुह लगायतका विभिन्न समहुहरुमा पुगेर वाल विवाह न्युनिकरणका लागि अभिमुखिकरण गर्ने बताउनुभयो ।

राजापुर नगरपालिकामा आयोजना गरिएको एक कार्यक्रममा क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, सल्लाहकार सिराज खान र कार्यकारी निर्देशक रवि तुलाधरले युवालाई टी शर्ट वितरण गर्नुभयो । सो अवसरमा बोल्दै क्लबका कार्यकारी निर्देशक तुलाधरले यो टी शर्टले वाल विवाह रोकथाममा लागेका युवाको पहिचान दिनुका साथै उनिहरुको जिम्मेवारी समेतलाई निरन्तर बोध गराउने बताउनुभयो । उहाँले च्याम्पियन अफ चेन्जका युवाले समाजमा वालविवाह लगायतका कुरुतीहरुलाई रोक्न अहम भूमिका निर्वाह गर्नुपर्ने पनि बताउनुभयो ।बर्दियाका चारवटा पालिकाका १ सय ६० जना युवाले १२ सय भन्दा बढीलाई बाल विवाह रोकथाम र न्युनिकरणका बारेमा अभिमुखिकरण गर्ने क्लबका संरक्षक सिद्दिकीले बताउनुभयो । चारवटै पालिकाका ती १ सय ६० जना युवाले यस अघि वालविवाह रोकथाम, लैंगिक रुपान्तरण लगायतका कानुनी तथा नितिगत विषयमा दुई दिने क्षमता अभिबृद्धि तालिम लिई सकेका छन् । सो वितरण कार्यक्रममा परियोजनाका फिल्ड अफिसर जनकराम थारु र फिल्ड सुपरभाइजर संजिता रिजालको पनि सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Next Post

देशभर मौसम बदली‚ पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना

२०७८ श्रावण ३२, सोमबार २०:४०
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। मंगलबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी […]