आइइएमआइएस सम्बन्धी २ दिने प्रशिक्षण

  ।   २०७८ श्रावण २७, बुधबार १७:२४

संवाददाता ।

डोल्पा जिल्लाको त्रिपुरा सुन्दुरी १ त्रिपुराकोटमा अद्यावधिक गरिएको एकिकृत शैक्षिक ब्यवस्थापन प्रणालीको बिषयमा पहिलो पटक प्रशिक्षण दिईएको छ ।

स्टीम अहेड परियोजना अन्र्तगत १६ वटा विद्यालयका प्रधानाध्यापकहरुलाई एकिकृत शैक्षिक ब्यवस्थापन आइइएमआइएस सम्बन्धी २ दिने प्रशिक्षण दिईएको हो ।

युरोपीयन युनीयनको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपाल र समाज जागरण नेपालले प्रशिक्षणको आयोजना गरेका हुन ।

मंगलबार प्रशिक्षण समापन कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिका शिक्षा शाखा प्रमुख भीम बहादुर थापा, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अधिकृत बलवीर सुनार, परियोजना कार्यक्रम बिज्ञ प्रेम बहादुर चन्द, प्लान इन्टरनेशनल नेपालका अनुगमन तथा मूल्याकंन अधिकृत निर्मल नेपाली लगायतको सहभागीता रहेको थियो ।

Next Post

गाउँमै प्राविधिक शिक्षा

२०७८ श्रावण २७, बुधबार १७:२४
प्रेम विश्वकर्मा, बर्दिया। ‘बेरोजगार भए, भईन्छ तर प्राविधिक शिक्षा पढने चाहना विद्यार्थीको हुन्छ । त्यसै कारण प्राविधिक शिक्षा तर्फको शुल्क अझै घटाउनु पर्छ ।’ बर्दियाको मधुवन नगरपालिकामा ९ वटा वडा छन । तिमध्ये ५ वटा वडाका ५ वटा विद्यालयमा प्राविधिक शिक्षाको पढाई हुन्छ । प्राविधिक शिक्षाको माग बढ्दै गएपछि मधुवन […]