भारतको हिमाचल प्रदेशमा ठुलो पहिरो, साउन १७ गतेसम्म ठुलो वर्षाको संम्भावना

  ।   २०७८ श्रावण १५, शुक्रबार १७:००

संवाददाता ।
भारतको हिमाचल प्रदेशको सिरमौरमा ठुलो पहिरो गएको छ ।

पहिरो गएपछि राष्ट्रिय राजमार्गमा सवारी आवागमनमा समस्या सिर्जना भएको छ । सवारी आउजाउ गर्न नसकेपछि लामो ट्राफिक जाम लागेको, कयौं ब्यक्तिले भागेर ज्यान बचाएको भारतीय समाचार अनलाइन दैनिक भास्करले खबर लेखेको छ ।

भारतीय मौसम विभागका अनुसार साउन १७ गते सम्म देशको पूर्वी, पश्चिमी र मध्यभागमा ठुलो वर्षाको संम्भावना छ । आज बिहार, राजस्थान, उत्तराखण्ड, छत्तीसगढ, झारखण्ड लगायतका ठाउँमा ठुलो वर्षा हुने (रेड अलर्ड) जारी गरिएको छ ।

दैनिक भास्करबाट

Next Post

जापानमा कोरोना जोखिम बढेसँगै टोकियो आसपासका क्षेत्रमा पनि लगाइयो प्रतिबन्ध

२०७८ श्रावण १५, शुक्रबार १७:००
एजेन्सी । कोरोनाको जोखिम बढेसँगै जापानको राजधानी टोकियोसहित वरपरका क्षेत्र र ओसाका सहरमा प्रतिबन्ध लगाइएको छ । टोकियोमा भइरहेको ओलम्पिक खेलको समयमा कोरोनाको जोखिम बढेसँगै आपतकालीन अवस्थामा प्रतिबन्धलाई राजधानी आसपासका क्षेत्रमा पनि विस्तार गरिएको बीबीसीले जनाएको छ । प्रतिबन्धको अवस्थामा होटेल, रेस्टुरेन्ट तथा रक्सी पसल बन्द गरिएका छन् । अहिलेलाई […]