जीन्स लगाएको निहुँमा भारत उत्तर प्रदेशमा १७ वर्षे किशोरीको ’हत्या’

  ।   २०७८ श्रावण १२, मंगलवार १५:२५

संवाददाता ।
भारतमा बालिका र महिलालाई परिवारका सदस्यहरूले प्रताडित गरेका घटनाहरू प्रमुखताका साथ समाचारमा आएका छन । ती घटनाले बालिका र महिला आफ्नै घरभित्र पनि कति असुरक्षित छन् भन्ने उजागर गरेका छन ।

गत साता उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उहाँका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ । ती आफन्तले नेहाले जीन्स लगाएको मन नपराएका र कुटपिट गरेको आरोप छ ।

उहाँकी आमा शकुन्तलादेवी पासवानले बीबीसी हिन्दीलाई बताएअनुसार ती किशोरीसँग उहाँको पहिरनबारे विवाद भएपछि उहाँका हजुरबा–हजुरआमा र काका–काकीहरूले लट्ठीले कुटेका थिए ।

उक्त घटना उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा भएको हो । त्यो क्षेत्र उक्त राज्यको एकदमै कम विकसित क्षेत्रमध्ये पर्छ ।

थप समाचार पढ्न बीबीसी नेपालीमा जानुहोस ।

Next Post

सुन्दरी शरणार्थी खेलाडी—युस्रा मार्दिनी

२०७८ श्रावण १२, मंगलवार १५:२५
संवाददाता । धेरैजसोको लागि टाढा यात्राबाट विश्व बुझ्न सकिन्छ तर २३ वर्षीय युस्रा मार्दिनीका लागि युद्ध चलिएको घरबाट निस्किने हो । उहाँ चिसो समुद्रबाट ओलम्पिक खेलकुदको स्विमिङ पुलमा पौडी खेल्दै हुनुहुन्थ्यो । साहस, मेहनत र प्रयासको आधारमा आफ्नो सपनालाई उहाँले व्यवहारमा उत्तारर्नुभएको छ । सिरियाबाट आउनुभएका तर शरणार्थीको हैसियतले टोकियो […]

सम्बन्धित शीर्षक