सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

  ।   २०७८ माघ १२, बुधबार १५:५५

संवाददाता ।

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत चकित बनेको छ ।

४२ बर्षको इतिहासमा सहारा मरुभूमिमा हिमपात भएको यो पाँचौं पटक हो । यसैबीच वैज्ञानिकहरुले यस घटनालाई खतराको संकेत भनी औंल्याएका छन् ।

यहाँको अधिकतम तापक्रम औसतमा ५८ देखि १०० डिग्री समेत मापन गरिने गरिएकोमा हिमपातसँगै यहाँकोे तापमान माइनस २ डिग्रीमा झरेको छ ।

हिमपातसँगै यस मरुभुमिको क्षेत्रफल पनि १० प्रतिशतले बढेकाले यसको आसपासका क्षेत्रमा खडेरी हुने सम्भावना रहेको वैज्ञानिकको दावी छ ।

यो मरुभूमि अल्जेरिया, चाड, इजिप्ट, लिबिया, माली, माँरिटानिया, मोरक्को, नाइजर, पश्चिमी सहारा, सुडान र टुयुनिशिया गरी ११ देशमा फैलिएको छ ।

जमीनबाट १ सय ० मिटर उचाइमा रहेको सहारा मरुभूमिमा जलवायु परिवर्तनका कारण हिमपात भएको अनुमान गरिएको छ । वर्ल्ड इकोनोमिक फोरमका अनुसार ग्यास उत्सर्जनमा कमी ल्याए मात्रै हिमपात रोकिन सक्ने सम्भावना रहेको बताईएको छ ।

विश्वकै गर्मी हुने मरुभूमिको रुपमा चित्रण गरिएको यस मरुभूमिमा यसअघि सन् १०७९, २०१६, २०१८, र २०२१ मा पनि हिमपात भएको थियो ।

इमेज खबरबाट

Next Post

तपाईंको जिल्ला र पालिकाको जनसंख्या कति ?

२०७८ माघ १२, बुधबार १५:५५
काठमाण्डाै | केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः […]