ललितपुर महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै

  ।   २०७८ श्रावण १५, शुक्रबार ०७:४८

काठमाडौं । ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ ।

साउन १५, १६, १७ गते खोप कार्यक्रम हुनेछ । ४५ वर्षमाथिका नागरिकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन पाउनेछन् ।

महानगरका अनुसार १८ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप पनि लगाइनेछ । यसका लागि छिट्टै खोप तालिका सार्वजनिक गरिने महानगरले जनाएको छ ।

Next Post

लुम्बिनीमा (जसपा) का तीन जना सांसद पदमुक्त

२०७८ श्रावण १५, शुक्रबार ०७:४८
संवाददाता । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त हुनुभएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिनुभएको हो । सांसदबाट पदमुक्त हुनुभएका तीनै जना मन्त्री पनि हुनुहुन्छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार