भेरी अस्पतालको स्वास्थ्य सेवामा सुधार सुरु

  ।   २०८१ श्रावण २९, मंगलवार १९:१०

बाँक । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले सेवा सुधारको सुरुवात गरेको छ । सेवा सुविधा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न सेवामा सुधारको सुरुवात गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताउनु भयो ।

अस्पतालको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ९ बुँदे निर्णय गरी कार्यान्वयनका लागि पत्राचार गर्नुभएको थियो । उक्त निर्णय अनुसार भेरी अस्पतालमा ७ बुँदे निर्देशन लागु भएको मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापाले बताउनु भयो । उहाँले अन्य दुई बुँदाका विषयमा अस्पतालमा छलफल भइरहेकोले कहिले कार्यान्वयन हुने अझै भन्न सक्ने अवस्था नरहेको जिकिर गर्नु भयो ।

भेरी अस्पतालमा भिड नियन्त्रणका लागि अपनाएका उपायहरूमा विस्तारित स्वास्थ्य सेवाको सुरुवात र व्यवस्थापन, ओपिडी सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन गरेको डा. थापाले जानकारी दिनु भयो । उहाँले चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्ज बिचमा समन्वय, डाक्टरहरूको राउन्डको तालिका थप व्यवस्थित गरेको, डिजिटल प्रणालीहरूको अवलम्बन, अनलाइन दर्ता जस्ता कार्यलाई प्राथमिकता दिएको बताउनु भयो ।

अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरहरूको व्यवस्था, शौचालयको सरसफाइमा सुधार, सफा पिउने पानीको निःशुल्क व्यवस्था, गुनासो व्यवस्थापनका लागि हेल्पडेस्क र गुनासो बक्सहरू व्यवस्थापन गर्ने तयारीमा रहेको समितिका अध्यक्ष शाहको भनाई थियो । अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले औषधीहरूको उपलब्धता सुनिश्चित गर्न र बिमा गरिएको बिरामीहरूको लागि फार्मेसी सेवाहरूलाई व्यवस्थित गरिएको, नेभिगेसन र सूचना प्रणालीहरूको उपयोगले बिरामी र आगन्तुकहरूलाई आफूले सेवा लिने ठाउँसम्म सहजै पुग्न मद्दत पुर्‍याएको, सेवाग्राहीको गुनासो सम्बोधन गर्ने कार्य सुरु गरिएको बताउनु भयो ।

उहाँले इमर्जेन्सी कक्षमा २४ घण्टा एक्स–रे को व्यवस्था आज मङ्गलवार देखि लागु हुने गरी व्यवस्था मिलाइएको बताउनुहुँदै उहाँले ६० वर्ष माथिमा ज्येष्ठ नागरिक, फरक क्षमता भएका र द्धन्द पीडितहरू, अपाङ्ग, गर्भवती महिलाको हकमा लाइनमा नबसी यथाशीघ्र सेवा दिने व्यवस्था मिलाइएको जानकारी दिनु भयो ।सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नुपरेको, अलमलिनुपरेको र झन्झटिलो भन्ने आम नागरिकको गुनासो बढे पछि मन्त्री पौडेलले देश भरीका सरकारी अस्पताललाई ९ बुँदे निर्देशन जारी गरे पछि अस्पतालहरूले आफ्नो सेवामा सुधार ल्याउन थालेका छन् ।

Next Post

बाँकेमा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस फरक किसिमबाट भब्य रुपमा सम्पन्न

२०८१ श्रावण २९, मंगलवार १९:१०
नेपालगन्ज । दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि , डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि ” भन्ने मुल नाराका साथ सोमबार २५ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो । बाँकेको नेपालगन्जमा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेका संस्थाहरु मानवता नेपाल बाँके, समर्पित नेपाल र कानुन समाज सेवा […]