अफगानिस्तानमा एक महिने कर्फ्यु

  ।   २०७८ श्रावण ११, सोमबार ०७:४९


एजेन्सी । अफगानिस्तान सरकारले मुलुकभर एक महिना लामो कर्फ्यु घोषणा गरेको छ। विद्रोही संगठन तालिबानले मुलुकका अधिकांश भू–भाग लगातार नियन्त्रणमा लिन थालेपछि सरकारले कर्फ्यु घोषणा गरेको हो।

तालिबानले धेरैजसो सीमा क्षेत्रसहित आधाभन्दा बढी भू-भाग नियन्त्रणमा लिइसकेको छ। सरकारले राजधानी काबुलमा तालिबानको प्रवेश रोक्न कर्फ्यु आदेश जारी गरेको अनुमान गरिएको छ।

अमेरिकी र नेटो सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानसँगको युद्ध चर्किएको छ। सरकारले शान्ति वार्तालाई अघि बढाउन खोजिरहेका बेला तालिबानले अधिकांश ग्रामीण क्षेत्र नियन्त्रणमा लिएर सहरी क्षेत्रमा आफ्नो कदम बढाइरहेको छ।

चीन, पाकिस्तान, काजकिस्तान, तुर्कमिनिस्तान तथा इरानसँगको सीमा नाका नियन्त्रणमा लिएर सरकारको दैनिक राजस्व संकलनमा ठूलो क्षति पुर्‍याइरहेको तालिबानले सहर केन्द्रित आक्रमण सुरु गरे पनि अहिलेसम्म कुनै ठूलो सहर भने नियन्त्रणमा नलिएको अधिकारीहरुले जनाएका छन्। अफगान सरकारले राजधानी काबुल, पंजशीर र नन्गरहारबाहेक सबै प्रान्तमा निकै कडाइका साथ लागू हुने गरी कर्फ्यु घोषणा गरहेको बिबिसीले जनाएको छ।

Next Post

असोज १५ पछि कोरोनाको तेस्रो लहर शुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय

२०७८ श्रावण ११, सोमबार ०७:४९
संवाददाता । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज र कात्तिक बीचमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आज भएको छलफलमा मन्त्रालयको नीति योजना तथा अनुगमन माहाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले हालको संक्रमण दर यहि रुपमा स्थिर रहे असोज १५ पछि तेस्रो […]