बाँके । संघिय सांसद महेश्वर गहतराज अथकले बाँकेका तिन वटा स्थानिय तहलाई अक्सिजन सिलिण्डर खरीदकालागि ३० लाख रकम उपलब्ध गराउने हुनु भएको छ । कोरोना महामारीको मार खेप्दै आएका बाँकेवासीको सुविधाकालागि साँसद अथकले ३० लाख रकम छुटाउनु भएको हो ।
बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद अथकले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर, नरैनापुर र राप्तीसोनारी गाँउपालिकालाई अक्सिजन खरिदकालागि ३० लाख रकम उपलब्ध गराउने हुनुभएको हो । सांसद अथकका सचिवालय सचिव शिव सुनारका अनुसार कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाँउपालिकालाई १० लाख र राप्तीसोनारी गाँउपालिकालाई ५ लाख रकम बिनियोजन गरीएको छ । स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत तत्काल अक्सिजन सिलिण्डर खरीदकालागि ३० लाख रकम छुट्याईएको सुनारले जानकारी दिनुभयो ।
पछिल्लो समय बाँके कोरोनाको हटस्पट बनेको छ । संक्रमित अत्याधिक बढेसँगै बाँकेमा अक्सिजनको अभाव देखिएको छ । जिल्लाका ठुला अस्पतालमा अक्सिजनको अभाव देखिएपछि सांसद अथकले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका अस्पताल र आइसोलेशन सेन्टरमा अक्सिजनको सहज आपूर्तिकालागि रकम छुट्याउनु भएको हो ।