नरैनापुर गाउँपालिका अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिक सुधार अझै एक दिन आइसियुमा राखिने

  ।   २०७९ कार्तिक १, मंगलवार १५:३४


लखनऊ । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ ।
गत आइतबार मेडिकल कालेज नेपालगञ्जबाट थप उपचारका लागि भारतको लखनऊको एपोलो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेका उनका भतिज अफाकले जानकारी दिए । उनका अनुसार ‘औषधि र आवश्यक उपचारका कारण अहिले उहाँको स्वास्थ्यमा ७० प्रतिशतभन्दा बढी सुधार भइसकेको छ। ज्वरो पनि घटेको छ।’ विशेष गरि एन्फ्लुयन्जा भएको प्रमाणित भएपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्जका फिजिसियन डाक्टर आसिम केदवाइले रेफर गरेका थिए ।
उपचारमा संलग्न चिकित्सकले अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बताउँदै अझै एक दिन आइसियुमा राखेर उपचार गरिने जानकारी दिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ ।
एन्फ्लुयन्जा संक्रमण संगै निमुनिय संक्रमण भए पछि आइसियुमा राखेर आइतबारबाट लखनऊको एपोलो हस्पिटलमा उपचार सुरु गरिएको हो ।

Next Post

गुडन्यूज अंक २०

२०७९ कार्तिक १, मंगलवार १५:३४
पुरा पत्रिका पढ्न तल दिईएको लिंक खोल्नुहोस । Good News National Weekly